मंगलबार, जेठ २२ गते २०८२

कच्चा खाने तेलको आयातमा भारतले घटायो‚ नेपालको निर्यात प्रभावित हुने

कच्चा खाने तेलको आयातमा भारतले घटायो‚ नेपालको निर्यात प्रभावित हुने

अखबार दैनिक
आइतबार, जेठ २० २०८२
  • कच्चा खाने तेलको आयातमा भारतले घटायो‚ नेपालको निर्यात प्रभावित हुने

    भारत सरकारले खाने तेलको भन्सार फेरि घटाएको छ। १४ सेक्टेम्बर २०२४ मा मात्रै अत्यधिक भन्सार बढाइएकोमा ३० मे २०२५ (हिजोबाट) घटाएको हो। खाने तेल (भटमास, सूर्यमुखी र पाम) को भन्सार २० प्रतिशतबाट १० प्रतिशतमा झारिएको हो। भन्सार १० प्रतिशतमा झरेसँग समग्र तेल आयतको कर भने १७ प्रतिशत कायम भएको छ। त्यसअघि २७ प्रतिशत थियो।

    images

    भारतले भन्सार घटाएपछि नेपालको निर्यात व्यापारमा ठूलो प्रभाव पर्ने देखिएको छ। यद्यपि अन्य देशको तुलनामा भने नेपाली व्यवसायीहरूलाई अझै लाभ छ। अन्य देशबाट आयात हुँदा १० प्रतिशत भन्सार लाग्नेछ भने नेपालबाट निर्यात हुँदा भने शून्य भन्सार सुविधा छ। व्यवसायीहरूका अनुसार ८ प्रतिशत माथिको भन्सारमा नेपाली उद्योग प्रतिस्पर्धा गर्न सक्छन्।

    सन् २०२२ को मेबाट २०२४ सेक्टेम्बरसम्म भारतले अन्य देशलाई पनि तेलको भन्सार शून्यमा झारेको थियो। त्यसपछि नेपालबाट हुने तेलको निर्यात नगन्य मात्रै थियो। चालु वर्षको १० महिनाको अवधिमा करिब ७८ अर्ब ७६ करोडको प्रशोधित भटमासको तेलको निर्यात भएको छ।  जबकि अघिल्लो वर्ष यो अवधिमा ८२ करोड रूपैयाँ बराबरको मात्र प्रशोधित भटमासको तेल निर्यात भएको थियो।

    भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेनलगायतका देशबाट किनिएको छ। रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिएको छ।

    सूर्यमुखी तेलको निर्यात पनि उल्लेख्य बढेको छ। चालु वर्षको १० महिनामा प्रशोधित सूर्यमुखी तेलको निर्यात १० अर्ब ९ करोड रूपैयाँको भएको छ।अघिल्लो वर्ष यो अवधिमा १५ करोडको मात्र थियो। सूर्यमुखीको कच्चा तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेनलगायतका देशबाट किनिन्छ। रिफाइन गरिएको उपभोग्य तेल भने भारतमा बेचिन्छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ