काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य एक लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।