बुधबार, जेठ २३ गते २०८२

प्रिमियर लिग करातेमा एरिकाले जितिन् कांस्य पदक

प्रिमियर लिग करातेमा एरिकाले जितिन् कांस्य पदक

अखबार दैनिक
सोमबार, जेठ २१ २०८२
  • प्रिमियर लिग करातेमा एरिकाले जितिन् कांस्य पदक

    विश्व च्याम्पियन्स कराते प्रिमियर लिगमा नेपालकी एरिका गुरुङले ऐतिहासिक कास्य पदक जितेकी छन् । मोरोक्कोमा सम्पन्न करोत प्रिमियर लिगमा हिमालयन वारियरको उपनाम पाएकी एरिकाले गौरवपूर्ण कास्य पदक जित्दै इतिहास रचिन् ।

    images

    विश्वका उत्कृष्ट ३२ खेलाडीहरूको प्रतिस्पर्धामा एरिकाले करातेको महाशक्ति राष्ट्र फ्रान्सविरुद्ध शानदार खेल प्रदर्शन गर्दै ६–२ अंकको नतिजा निकाल्दै जित हात पारिन् । नेपालको लागि यो केवल एक पदक मात्र नभई यो हिमालको साहस, नारी शक्ति र राष्ट्रिय गौरवको प्रतीक रहेको कराते महासंघले जनाएको छ । महासंघले भनेको छ–‘नेपाललाई गर्व छ–एरिका, तिमीले संसारलाई देखायौ, हामी पनि सक्छौं !’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ