शुक्रबार, जेठ २५ गते २०८२

हजका लागि साउदी अरब पुगे १५ लाखभन्दा धेरै विदेशी

हजका लागि साउदी अरब पुगे १५ लाखभन्दा धेरै विदेशी

अखबार दैनिक
बिहीबार , जेठ २४ २०८२
  • हजका लागि साउदी अरब पुगे १५ लाखभन्दा धेरै विदेशी

    एजेन्सी । यस वर्ष हजको लागि १५ लाखभन्दा बढी विदेशी साउदी अरेबिया आइपुगेका छन् । हज मन्त्रालयका प्रवक्ता गासन अल–नुवाइमीले बुधबार आउने विदेशीहरूको अनुमानित सङ्ख्या बताएका हुन् ।

    images

    हजमा साउदी अरबबाट कति तीर्थयात्रीहरू सहभागी हुँदैछन् भन्ने कुराचाहिँ उनले भनेनन् ।  गएको वर्ष भने १६ लाख ११ हजार ३१० विदेशी हज यात्राको लागि साउदी आएका थिए ।शारीरिक र आर्थिक रूपमा सक्षम व्यक्तिहरूले आफ्नो जीवनमा एकपटक हज यात्रा गर्नैपर्छ । हज मन्त्रालयका अनुसार बुधबार अराफातमा तीर्थ यात्रीहरूको भीड थियो ।

    केही मानिसहरू ४० डिग्री तापक्रममा आफ्नो सामान बोकेर पैदल यात्रा गरिरहेका थिए । यसबाहेक केही मानिसहरू वृद्ध वृद्धाहरूलाई सहयोग पनि गरिरहेका थिए ।केही मानिसहरू थकानका कारण जमिनमा बसिरहेका थिए । कोही आराम गरिरहेको र कोही खाना खाइरहेका हज मन्त्रालयका प्रवक्ता अल–नुवाइमीले भने । 

    अराफात पर्वत मक्काको दक्षिण–पूर्वमा रहेको पहाड हो । यसलाई इस्लाममा धेरै पवित्र मानिन्छ । कुरानमा अराफातको उल्लेख छ । पैगम्बर मुहम्मदले आफ्नो अन्तिम हजको समयमा यहीँ आफ्नो अन्तिम उपदेश दिएका थिए । 

    इस्लामिक मान्यता अनुसार अराफातको दिन वर्षको सबैभन्दा पवित्र दिन हो । यस दिनमा भगवान् आफ्ना विश्वासीहरूको नजिक आउने र तिनीहरूको पापहरू क्षमा गर्ने विश्वास गरिन्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ