शनिबार, जेठ २६ गते २०८२

‘मन बिनाको धन’फिल्मको सुटिङ सकियो

‘मन बिनाको धन’फिल्मको सुटिङ सकियो

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८२
  • ‘मन बिनाको धन’फिल्मको सुटिङ सकियो

    काठमाडौं । टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ । गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्मको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य छायांकन गर्दै इन्डकल्याप गरिएको छ । फिल्मको २८ दिनसम्म मुस्ताङ, काठमाडौं र पोखरामा छायांकन चलेको थियो । निर्देशक टंकका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ तर मिति तोकिएको छैन ।

    images

    फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए।आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

    सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता विष्णुमाया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा रहेका छन् ।

    फिल्ममा टंक बुढाथोकी संगीत, सौरभ लामा र नवराज उप्रेतीको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ