सोमबार, असार ३ गते २०८२

भारतमा कोभिडका ६ हजार सक्रिय संक्रमित, २४ घण्टामा ६ जनाको मृत्यु

भारतमा कोभिडका ६ हजार सक्रिय संक्रमित, २४ घण्टामा ६ जनाको मृत्यु

अखबार दैनिक
सोमबार, जेठ २८ २०८२
  • भारतमा कोभिडका ६ हजार सक्रिय संक्रमित, २४ घण्टामा ६ जनाको मृत्यु

    काठमाडौं । भारतमा सक्रिय कोभिड–१९ का संक्रमितको संख्या ६ हजार नाघेको छ । भारतमा हाल ६ हजार १३३ सक्रिय केस रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा ३७८ नयाँ संक्रमित थपिएका छन् ।केरलामा १४४, गुजरातमा १०५ र पश्चिम बंगालमा ७१ नयाँ केस रेकर्ड गरिएको छ ।पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । जसमा कर्नाटकबाट दुई, केरलाबाट तीन र तमिलनाडुबाट एक जनाको मृत्यु भएको हो ।

    images

    अन्य स्वास्थ्य समस्या पनि भएका ४६ र ७८ वर्षका कर्नाटकका दुई उपचाररत पुरुषको निधन भएको हो । दुवैमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । अन्य रोग भएका केरलाका ५१, ६४ र ९२ वर्षका तीन पुरुषको उपचारका क्रममा निधन भएको हो । तमिलनाडुमा मधुमेह र गम्भीर मृगौला रोग भएका एक ४२ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।

    १ जनवरी २०२५ देखि अहिलेसम्म भारतमा कोभिड–१९ बाट कुल ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७५३ जना कोभिड–१९ बाट निको भएका छन् ।
    इन्डिया टुडे

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ