सोमबार, असार ३ गते २०८२

कमेडी दरबारमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई

कमेडी दरबारमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई

अखबार दैनिक
मंगलबार, जेठ २९ २०८२
  • कमेडी दरबारमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई

    काठमाडौँ ।  कमेडी दरबारको महाराजाको रूपमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई भित्रिएका छन् । मनोज गजुरेल एक महिनाको युरोप टुरमा निस्किएका कारण प्रदीप भट्टराई सो समय अवधिसम्मका लागि महाराजाको रूपमा कमेडी दरबारमा भित्रिएका हुन् ।

    images

    प्रदीप भट्टराईलाई कमेडी दरबारको सिजन २ को १० एपिसोडबाट देख्न पाइनेछ । प्रदीप भट्टराईले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर अतिथिकै रूपमा भएपनि बोलाएकोमा टिमप्रति आभार व्यक्त गरेका छन् ।

    कमेडी दरबारकी निर्देशक श्रद्धा प्रसाईले मनोज गजुरेलको युरोप टुरको समयमा प्रदीप भट्टराईलाई आफूहरूले निमन्त्रणा गरेको बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ