सोमबार, असार ३ गते २०८२

दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको संख्या ४९ पुग्यो

दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको संख्या ४९ पुग्यो

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८२
  • दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको संख्या ४९ पुग्यो

    दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तका अधिकारीहरूले बाढीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको बताएका छन् । दक्षिण अफ्रिकाको यस भागमा मुसलधारे वर्षासँगै बाढी आएको हो । साथै, केही भागहरूमा भारी हिमपात पनि भयो ।

    images

    मंगलबार बिहान बाढीले एउटा स्कुल बस बगाएको थियो । बसमा धेरै बालबालिका यात्रा गरिरहेका थिए । एक अधिकारीले न्यूजरूम अफ्रिका नामक टीभी च्यानललाई बताएअनुसार बस चालकसहित आठजनाको शव निकालिएको छ ।

    अधिकारीहरूले मंगलबार तीनजना विद्यार्थीलाई उद्धार गरिएको बताएका छन् । बसमा कति विद्यार्थी सवार थिए भन्ने अझै स्पष्ट छैन । अन्यलाई खोज्न खोजी कार्य जारी छ । बीबीसी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ