बिहीबार , साउन २१ गते २०८३

फिल्म ‘अञ्जिला’ एक सय रूपैयाँमा देखाउने तयारी

फिल्म ‘अञ्जिला’ एक सय रूपैयाँमा देखाउने तयारी

अखबार दैनिक
बिहीबार , जेठ २९ २०८२
  • फिल्म ‘अञ्जिला’ एक सय रूपैयाँमा देखाउने तयारी

    गत वर्षको फागुन २९ गते रिलिज फिल्म ‘अञ्जिला’अझै हलमा प्रदर्शनरत छ। यो फिल्म लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ , बुधबार ९१ औं दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो फिल्म निरन्तर प्रदर्शनमा छ। बिहीबारका लागि उक्त हलमा ३ वटा शो प्रदान गरिएको छ।

    प्रदर्शनको सय दिन नजिक पुग्दै गर्दा १ सय रूपैयाँमा फिल्म देखाउने तयारी गरिएको छ। निर्माता प्रेमकुमार श्रेष्ठले क्युएफएक्स सिनेमाजले निरन्तर प्रदर्शनमा रहेको हलसहित देशभरका अन्य केही हलमा समेत १ सय रूपैयाँ दरमा फिल्म देखाउने तयारी गरेको बताए।

    मिलन चाम्स निर्देशित ‘अञ्जिला’वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ। हालसम्म यस फिल्मले १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन्। फिल्म राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। यसमा एन्जिला आफैंले प्रमुख अभिनय गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार