सोमबार, असार ३ गते २०८२

इजरायल–इरान सैन्य तनाव : दुवै देशमा ८८ जनाको मृत्यु

इजरायल–इरान सैन्य तनाव : दुवै देशमा ८८ जनाको मृत्यु

अखबार दैनिक
आइतबार, असार २ २०८२
  • इजरायल–इरान सैन्य तनाव : दुवै देशमा ८८ जनाको मृत्यु

    काठमाडौं । इरान र इजरायलबीचको प्रत्यक्ष सैन्य तनाव तेस्रो दिनसम्म आइपुग्दा इजरायलमा कम्तिमा १० जना र इरानमा ७८ जनाको मृत्यु भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् । यो आक्रमण र प्रत्याक्रमणको श्रृंखलामा दुर्वतर्फ सयौं घाइते भएका छन् भने भौतिक र आर्थिक क्षति अतुलनीय छ ।

    images

    इरानले शनिबार साँझदेखि रातभर गरेको जवाफी हमलामा इजरायलमा मृत्यु भएका मानिसहरुको संख्या १० पुगेको छ । सो आक्रमणपछि आपतकालीन् कर्मचारीहरूले खोज तथा उद्धार अभियान जारी राखेको सीएनएनले जनाएको छ ।

    इजरायली खोजी र उद्धार संस्था जाकाका अनुसार, मध्य तटीय सहर बात याममा ६ जनाको मृत्यु भएको छ र एक भवनमा प्रहार गरिएको थियो।  अर्को चारजनाको मृत्यु उत्तरी प्यालेस्टिनीय–इजरायली सहर ताम्रामा भएको छ, जहाँ भवनहरूमा पनि प्रहार गरिएको थियो ।

    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस र इजरायली अधिकारीहरूको अनुसार, इरानविरुद्ध इजरायलको सैन्य अभियान केही दिन नभई हप्तौंसम्म चल्ने अपेक्षा छ । र, यो अमेरिकाको अप्रत्यक्ष स्वीकृतिका साथ अगाडि बढिरहेको छ । 

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सम्बोधन मार्फत इजरायलले इरानका सर्वोच्च नेता अयातुल्लाह अल खमिनीको शासनको हरेक स्थान र लक्ष्यमा प्रहार गर्ने चेतावनी दिएका थिए । तर इजरायलले शत्रुता जारी राखेमा आफ्नो हमला बढाउने धम्की इरानले दिएको छ ।

    यसैबीच इजरायली वायु सेनाले तेहरानमा धेरै लक्ष्यहरूमा व्यापक गुप्तचरमा–आधारित आक्रमणहरू गरेको बताएको छ ।  यसमा इरानको रक्षा मन्त्रालयको मुख्यालय पनि समावेश भएको बताइएको छ । इरानको तस्निम समाचार एजेन्सीले उक्त आक्रमणका कारण मन्त्रालयको एक प्रशासनिक भवनलाई सानो क्षति पुगेको छ ।

    इरानले इजरायली आक्रमणका कारण विश्वको सबैभन्दा ठूलो दक्षिण पार्स प्राकृतिक ग्यास फिल्ड  र शाहरान तेल डिपोलाई निशाना बनाएको थियो ।  तेहरान प्राप्त गरेको भिडियोहरूमा ठूलो आगो लागेको र धुवाँ उठिरहेको देखिन्छ ।

    इजरायलको च्यानल १३ को रिपोर्टअनुसार इजरायलको हाइफा र नजिकैको ताम्रामा क्षेत्रमा इरानबाट मिसाइल प्रहार भएको छ ।  हाइफामा गरिएको हमला अपेक्षित नै थियो किनभने यो तटीय शहरमा इजरायलको रणनीतिक ग्याँस पूर्वाधारहरू रहेका छन् । 

    विश्लेषकहरूले यसलाई इरानले वाचा गरेको प्रतिशोधको सुरुवात थियो भनेका छन्, जुन इरानको बुशेहर र अबादान नजिकैको प्रमुख उर्जा केन्द्रहरूमा इजरायली बमबारीको प्रतिक्रिया स्वरूप गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ