भारतमा एक बेलायती लडाकु विमानले आपत्कालीन अवतरण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय राज्य केरलास्थित तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा बेलायती लडाकु विमानले शनिबार राति ९.३० बजे आपत्कालीन अवतरण गरेको हो।
यो लडाकु विमानमा इन्धन धेरै कम थियो। त्यसैले अप्रिय अवस्था नआओस् भनेर विमान आपत्कालीन अवतरण गर्नुपरेको बताइएको छ। त्यो लडाकु विमान एफ ३५ हो, जुन बेलायती नौसेनाले प्रयोग गर्छ। उड्दाउड्दै पाइलटले इन्धन कम भएको थाहा पाएपछि भारतसँग आपत्कालीन अवतरणका लागि अनुमति मागेका थिए।