मंगलबार, असार ४ गते २०८२

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

मंगलबार, असार ४ २०८२
  • दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

    सुनसरी । यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

    images

    आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना।५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ आलुको बोरा बीचमा लुकाइएको अवस्थामा ७० बोरा गाँजा फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

    उक्त गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई र सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि लागुऔषधसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ