मंगलबार, असार ४ गते २०८२

खोलामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

खोलामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

अखबार दैनिक
मंगलबार, असार ४ २०८२
  • खोलामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

    काठमाडौं । पूर्वी नवलपरासीको खोलामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान सवा ९ बजे मध्यबिन्दु नगरपालिका- १५ सिमरा भित्री कच्ची सडकखण्ड अन्तर्गत गिरुबारी खोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले जानकारी दिए।

    images

    ना ७ त २९६७ न।को ट्याक्टर खोला तर्ने क्रममा अचानक पल्‍टिएको हो। उक्त ट्याक्टरमा चार जना सवार थिए। त्यसमध्ये एक जनाको मृत्यु भएको हो। ३६ वर्षीया यमकुमारी थनेत थारूको घटनास्थलमै मृत्यु भएको हो। मृतकका श्रीमान ४२ वर्षीय दोरन थारू चालक समेत हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव निकालेर डण्डा अस्पतालमा लगिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ