आइतबार, असार ९ गते २०८२

१० करोड पटक हेरियो युट्युबमा दुश्मन हेरेको हेर्‍यै’

१० करोड पटक हेरियो युट्युबमा दुश्मन हेरेको हेर्‍यै’

अखबार दैनिक
आइतबार, असार ९ २०८२
  • १० करोड पटक हेरियो युट्युबमा दुश्मन हेरेको हेर्‍यै’

    काठमाडौं । दुर्गेश थापाद्वारा संगीतबद्ध गीत ‘दुश्मन हेरेको हेर्‍यै’ले युट्युबमा १० करोड भ्यूज प्राप्त गरेको छ । युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको यो गीतलाई लोभलाग्दो भ्यूज प्राप्त भएको हो ।शनिबार राती यो गीतलाई १० करोडभन्दा धेरै पटक हेरिएको हो । नेपालसहित विदेशबाट समेत धेरै हेरिएको यो गीत टिकटक र रिल्समा धेरै भिडियो बनाइने भिडियोअन्तर्गत पर्छ ।

    images

    यतिसम्मकी यो गीतको लोकप्रियताकै कारण भारतीय प्रशंसकले हिन्दी संस्करणमा गीत ल्याएका थिए । युट्युब र युट्युब म्युजिकको दुई थरी प्लाटफर्ममा झण्डै डेढ महिनासम्म यो गीत स्ट्रिमिङ भएको थियो ।

    दुर्गेशको शब्द र संगीत रहेको गीतमा उनीसहित आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर थियो । गीतको भिडियोमा दुर्गेशसहित प्रियंका कार्की, कविता नेपाली लगायतले अभिनय गरेका थिए । विश्व म्युजिकको चर्चित प्लेटफर्म स्पोटीफाईमा भने यसले कमजोर भ्यूज प्राप्त गरेको छ । स्पोटीफाईमा यो गीतलाई अहिलेसम्म ५ लाख ७५ हजार पटक हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ