बिहीबार , साउन २१ गते २०८३

दीपकराज गिरीले गायिकाद्वय समीक्षा र एलिनाको प्रशंसा गरे

दीपकराज गिरीले गायिकाद्वय समीक्षा र एलिनाको प्रशंसा गरे

अखबार दैनिक
शुक्रबार, असार १३ २०८२
  • दीपकराज गिरीले गायिकाद्वय समीक्षा र एलिनाको प्रशंसा गरे

    गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानको आँट र हिम्मतको अभिनेता दीपकराज गिरीले प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनीका गर्दै अभिनेता दीपकले गायिकाद्वय र एलिनाको प्रशंसा गरेका हुन् ।

    अभिनेता दीपकराज गिरीको स्टाटस जस्ताको त्यस्तैः

    यी दुइटै गायीका मलाइ मन पर्ने गायीका हुन् !
    त्यो मध्य पनि समिक्षाको त म गायकी को मात्रै होइन सूरूदेखि उनको साहसको पनि प्रसंसक हूँ!
    सानो उमेरमा नै उनि माथि जुन बज्रपात पर्यो त्यो ठॉउमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर
    उनिले परिस्थिति संग घूंडा टेकिनन र लड्दै आइन
    त्यस्कै फलस्वरूप आज यॉहा पुगिन्!
    सामाजिक संजाल कस्तो छ?
    आफूले समाजको लागि ,परिवारको लागि राष्ट्रको लागि दुइ कौडिको काम नगर्ने , तर जो काम गर्नेहरू छन् तिनिहरू लाइ नैतिकता सिकाउने, गालि गलौच गर्ने , तं यस्तो, त उस्तो भनेर अभद्रता देखाउने , चरित्र माथि औला उठाउने ! यस्तै चलिआएको छ …..
    पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेशाकर्मी सबै नैतिकताहिन , चरित्र खराव,
    देशमा सबै अज्ञानि आफू मात्रै साधु सन्त ज्ञानि ….
    आफूले समाज र राष्ट्रको लागि सिन्को नभॉच्ने
    देशै खतम, नेतै खतम,केहि गर्न सकिन्न यॉहा भन्ने !
    जतिबेला फ्रष्टेटेड कुरा गर्ने , अनि गॉउ देखि आएर संघर्ष गरेर , भोकभोकै बसेर हिम्मत नहारेर आफूलाइ स्थापित गरेकाहरूलाइ चाहि गाली गलौच गर्यो अनेकथरि लान्छना लगायो बस्यो!
    यो ठॉउमा जस्ले जति गालि गर्न सक्यो त्यो हिरो
    चूपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहि खलनायक?
    ब्यक्तिगत जीवनमा कस्को तलमाथि हुन्न?
    को चाहन्छ खराब होस , तर भैदिन सक्छ कहिलेकाहि!
    को छ यहॉ कमजोरी बिहिन मान्छे ?
    एउटै पेशामा भएका प्रतिष्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गालि किन्ने र बेच्ने काम भैरहेको अबस्था छ !
    यस्ता उत्श्रृखलता बिरूद्द साइवरमा गयो कानून नै कमजोर, ठूला नेतालाइ गालि गर्यो भने समातेर तु कारबाहि सूरू गरिहाल्ने तर अन्य मानिशहरूलाइ गरिएको गालि गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्ने? सुने पनि बर्षौ लाग्ने, त्यसकै पछि लागिरहने फूर्सद कॉहा पाउनु फेरी ?
    यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गालि सम्राटहरू लाइ
    तिमिहरूले सामाजिक संजालमै उनिहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनिए छ ! दूबै जनालाइ शुभकामना !
    जय नेपाल !!

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार