शुक्रबार, असार २१ गते २०८२

सिकागोमा नाइटक्लब बाहिर गोली चल्दा चार जनाको मृत्यु, १४ जना घाइते

सिकागोमा नाइटक्लब बाहिर गोली चल्दा चार जनाको मृत्यु, १४ जना घाइते

अखबार दैनिक
शुक्रबार, असार २१ २०८२
  • सिकागोमा नाइटक्लब बाहिर गोली चल्दा चार जनाको मृत्यु, १४ जना घाइते

    एजेन्सी । सिकागोमा एउटा नाइटक्लब बाहिर गोलाबारी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । यस घटनामा अरू १४ जना घाइते भएको प्रहरीले बताएको छ । 

    images

    बुधबार स्थानीय समय अनुसार राति ११ बजे क्लब नजिकैबाट एउटा गाढा रङ्गको कार गुज्रिएको थियो । सोही कारमा सवार रहेका बन्दुकधारीहरूले बाहिर उपस्थित मानिसहरूमाथि जथाभाबी गोली चलाएको शिकागो प्रहरीले भनेको छ । 

    बीबीसीको अमेरिकी सम्बद्ध सीबीएस न्यूजका अनुसार, र्‍यापर मेलो बक्जको एल्बम रिलिज पार्टीपछि नाइटक्लबबाट मानिसहरूको भीड बाहिर निस्किरहेको थियो । प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको बताएको छ  । 

    यस घटनामा अहिलेसम्म कसैलाई पनि हिरासतमा लिएको छैन । गोलीबारीबाट घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा लगेर उपचार गरिदैँछ । 

    यस घटनामा २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गोलीबारीबाट घाइते र मृत्यु भएकाहरूको पहिचान अझै खुलाइएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ