बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्री पनि कोरोना संक्रमित मन्त्रीको ‘क्लोज कन्ट्याक्ट’मा

प्रधानमन्त्री पनि कोरोना संक्रमित मन्त्रीको ‘क्लोज कन्ट्याक्ट’मा

अखबार दैनिक
शुक्रबार, साउन २३ २०७७
  • प्रधानमन्त्री पनि कोरोना संक्रमित मन्त्रीको ‘क्लोज कन्ट्याक्ट’मा

    २३ साउन, काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि ‘क्लोज कन्ट्याक्ट’को सूचीमा परेका छन् ।

    मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए । समितिमा रहेका प्रदेशका आन्तरिक  मामिला  तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्रीलगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको टेस्टिङ गाइडलाइन अनुसार संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति सम्भावित संक्रमित हुन् र उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नुपर्छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक डा. वासुदेव पाण्डेका अनुसार कोही मानिस समूहमा बैठकमा बस्छ र उसलाई संक्रमण पुष्टि हुन्छ भने त्यो बैठकमा सहभागी सबै ‘क्लोज कन्टयाक्ट’ अन्तर्गत पर्दछन् ।

    र, बैठकमा सहभागी सबैको परीक्षण गर्नुपर्छ । ‘उहाँहरु क्लोज कन्ट्याक्टमा पर्नुहुन्छ, उहाँहरुको कन्ट्याक ट्रेसिङको काम हाम्रो टिमले सुरु गरिसक्यो’ डा. पाण्डेले भने, ‘हामी कन्ट्याक ट्रेसिङमा पर्ने कसैको पनि टेस्ट गर्न छोड्दैनौं ।’

    मन्त्री यादवले साउन १९ गते स्वाब दिएका थिए । उनीसँगै चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीको सचिवालयमा रहेकाहरुको गत शनिबार परीक्षण गरिएको बताएका छन् । बालुवाटारमा भएका सुरक्षाकर्मी र प्रधानन्त्रीको सल्लाहकारको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले बताएका छन् ।

    साभार: अनलाईन खवर

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार