बिहीबार , साउन २१ गते २०८३

निदन हस्पिटलको लापरवाही , अस्पतालमा भेटिएका कोरोना संक्रमितको जानकारी लुकाउँदै

निदन हस्पिटलको लापरवाही , अस्पतालमा भेटिएका कोरोना संक्रमितको जानकारी लुकाउँदै

अखबार दैनिक
शुक्रबार, साउन २३ २०७७
  • निदन हस्पिटलको लापरवाही , अस्पतालमा भेटिएका कोरोना संक्रमितको जानकारी लुकाउँदै

    २३ साउन,काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको निदान हस्पिटलले कोरोना संक्रमित भएका ब्यक्तिको जानकारी लुकाएको छ। कोरोना संक्रमितको विवरण सार्वजनिक भएमा अन्य विरामी समेत अस्पताल नआउने र व्यापार नहुने आशंकामा निदान अस्पतालले विरामीको विवरण लुकाएको स्रोतको दावी छ।

    स्रोतका अनुसार बिहीबार बिहान निदान अस्पतालमा एक जना कोरोना संक्रमित भेटिएका थिए । केहि समय अघी मात्रै मृगौला प्रत्यारोपण गराएका ति विरामी आकस्मिक उपचार कक्षमा उपचार गर्न आएका थिए । ती विरामीको कोरोना संक्रमण पुष्टि भएपछि टेकु अस्पताल पठाउन खोजिए पनि दिनभर अलमल गरिएको थियो।

    कोरोना संक्रमित व्यक्ति अस्पतालमा रहेको हल्ला बाहिर आए अस्पतालमा अन्य विरामी समेत नआउने र अस्पताको व्यापार घट्ने आँकलन गर्दै अस्पतालले उनलाई टेकु पठाएर टेकुमै संक्रमित पुष्टि भएको देखाउन खोजेको अस्पताल स्रोतको दावी छ।

    तर निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपिन प्रधानले अस्पतालमा कोही पनि कोरोनाको संक्रमित नभेटिएको प्रतिक्रिया दिएका छन् । सरकारले आफुहरुलाई सूचना नदिएका कारण आफुलाई त्यसबारेमा कुनै जानकारी नभएको प्रधानले बताए। ‘गभर्मेन्टले हामीलाई सूचना केहि पनि दिएको छैन’ प्रधानले भने, ‘आइसोलेसनमा चाँही छन् । शंका लागेका बिरामी हरेक अस्पतालको आइसोलेसनमा हुन्छन्।’अहिले सूचना सरकारको पकडमा रहेकाले सरकारले जे भन्छ त्यही मानिदिनु पर्ने प्रधानको भनाई थियो।

    साभार: हाम्रोकुरा डट कम बाट 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार