बिहीबार , साउन २१ गते २०८३

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

अखबार दैनिक
सोमबार, असार ३० २०८२
  • भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

    दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको प्रहरीले सोमबार जनाएको छ ।आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब ३८७ किलोमिटर दक्षिणपश्चिममा रहेको अन्नामया जिल्लाको पुल्लमपेटा क्षेत्रमा आइतबार राति दुर्घटना भएको हो । “करिब ४० टन आँप तथा २० जना कामदारहरू लोडको माथि बसेको लरीले नियन्त्रण गुमाइ दुर्घटना भएको एक प्रहरी अधिकारीले बताएका छन् ।

    प्रहरीले लरी पल्टिएपछि आँपका टोकरीहरू मजदुरहरू माथि परेका कारण केहीको निधन भएको र केही कामदार घाइते भएको जनाएको छ । दुर्घटनापछि स्थानीय र आपतकालीन कर्मचारीले घाइतेहरूलाई उद्धारका गरी अस्पताल पु¥याएको जनाएका छन् । प्रहरीले ओभरलोडिङ्का कारण दुर्घटना भएकको जनाएको छ भने दुर्घटनाबाट बाँचेका चालकले विपरीत दिशाबाट आउँदै गरेको कारमा ठोक्किनबाट बच्ने प्रयास गर्दा लरीले नियन्त्रण गुमाएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार