यू २० साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल आज श्रीलंकाविरुद्ध मैदानमा उत्रदैछ। खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ । नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो।
श्रीलंकाले भने आफ्ना सुरुका दुवै खेलमा हार बेहोरेको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० गोल अन्तरले पराजित भएको थियो। नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, १९ मा भुटान र २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ।नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी उक्त प्रतियोगिता जुलाई २२ सम्म चल्नेछ।