आइतबार, भदौ १४ गते २०८३

नेपाल आज श्रीलंकासँग भिड्दै

नेपाल आज श्रीलंकासँग भिड्दै

अखबार दैनिक
मंगलबार, असार ३१ २०८२
  • नेपाल आज श्रीलंकासँग भिड्दै

    यू २० साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल आज श्रीलंकाविरुद्ध मैदानमा उत्रदैछ। खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ । नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो।

    श्रीलंकाले भने आफ्ना सुरुका दुवै खेलमा हार बेहोरेको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० गोल अन्तरले पराजित भएको थियो। नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, १९ मा भुटान र २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ।नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी उक्त प्रतियोगिता जुलाई २२ सम्म चल्नेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ