बिहीबार , साउन २१ गते २०८३

कोटेश्वरमा १७ जनामा कोरोना संक्रमण : अवस्था भयावह

कोटेश्वरमा १७ जनामा कोरोना संक्रमण : अवस्था भयावह

अखबार दैनिक
सोमबार, साउन २६ २०७७
  • कोटेश्वरमा १७ जनामा कोरोना संक्रमण : अवस्था भयावह

    काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ।

    महानगर कार्यपालिका सदस्य हिरा देवी पोखरेलका अनुसार साउन १८ गते एउटै परिवारका ४ जनामा कोरोना देखिएपछि १४१ जनाको स्वाब संकलन गरिएको थियो।

    उनले भनिन्, ‘१८ गते ४ जनामा देखियो। एउटा शिविर नै गरेर १४१ जनाको स्वाब संकलन गरेका थियों। जसमध्ये १३ जनामा संक्रमण देखिएको छ। थप केहीको रिपोर्ट आएको छैन।’

    संक्रमितहरुलाई कीर्तिपुर र टेकुस्थित अस्पतालको आइसोलेसनमा उपचार्थ पठाइएको उनले जानकारी दिइन्।

    अहिले २ बजे सरोकारवालासँग कुरा गर्ने र आवश्यक निर्णय हुने सदस्य पोखरेलले जानकारी दिइन्।

    उनले भनिन्, ‘कोही रवाब देखाउने कोही दवाव देखाउने। केहिनहुने सर्वसाधारणले मात्र नियम पालना गर्नु पर्ने अवस्था छ। जस्का कारण आज कोरोनाले समूदायस्तरमा आफूलाई फैलाएको छ।

    हामी २ बजे नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र सबै सरोकारवालासँग छलफल गर्दै छौं। त्यसपछि थाहा हुन्छ। कोटेश्वरमा के नियम लागु गर्ने भनेर।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार