सोमबार, साउन ७ गते २०८२

कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु

अखबार दैनिक
सोमबार, साउन ७ २०८२
  • कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु

    पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि असार २५ गते अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    images

    कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयले जनाएको छ । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो ।

    कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ