शनिबार, कात्तिक ३ गते २०८२

जेनजी आन्दोलनमा लुटिएका करिब ४ सय हतियार फिर्ता हुन बाँकी, खोज्ने प्रयास जारी

जेनजी आन्दोलनमा लुटिएका करिब ४ सय हतियार फिर्ता हुन बाँकी, खोज्ने प्रयास जारी

अखबार दैनिक
शुक्रबार, कात्तिक २ २०८२
  • जेनजी आन्दोलनमा लुटिएका करिब ४ सय हतियार फिर्ता हुन बाँकी, खोज्ने प्रयास जारी

    गत  भदौ २३ र २४ गते भएको लुटपाट र आगजनीका क्रममा हराएकामध्ये करिव ४ सय हतियार  भेटिन बाँकी रहेको छ । हराएकामध्ये करिव ९७८ वटा हतियारमध्ये ५८६ वटा भेटिएको नेपाली सेनाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गृह मन्त्रालय सम्वद्ध स्रोतका अनुसार, हराएकामध्ये करिब आधाजसो हतियारमा गोली मिल्ने खालका छैनन् ।

    अर्थात आधाजसो हतियारका गोली सुरक्षित रहेको लुटिएका करिब २ सयभन्दा बढी हतियार मात्रै चुनौतीयुक्त हुन् । तीमध्ये कतिपय हतियार लुकाएको ठाउँबारे सूचना संकलन गर्ने प्रयास भइरहेको भन्दै गृहप्रशासनले विशेष अपरेशन चलाएर भएपनि तिनलाई फिर्ता ल्याउने प्रयास गर्नेबारे गृहकार्य गरिरहेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ