मंगलबार, साउन ८ गते २०८२

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा

अखबार दैनिक
मंगलबार, साउन ८ २०८२
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज छिमेकी मुलुक चीन प्रस्थान गर्नुभएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै त्यसतर्फ जानुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    images

    मुख्यमन्त्री पाण्डेले आफ्नो अनुपस्थितिमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठलाई तोक्नुभएको छ । चीन प्रस्थान गर्नुपूर्व मुख्यमन्त्री पाण्डेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदेश सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । भ्रमण टोली यही साउन १२ गते नेपाल फर्कने कार्यक्रम छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ