बिहीबार , साउन २१ गते २०८३

चार सय घरमा खानेपानीको सुविधा

चार सय घरमा खानेपानीको सुविधा

सोमबार, साउन १२ २०८२
  • चार सय घरमा खानेपानीको सुविधा

    यहाँको मालिका गाउँपालिका–३ का ४०० घरमा खानेपानी सुविधा विस्तार गरिएको छ ।मालिका गाउँपालिका, नेपाल नेवा नामक संस्थाको सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण गरिएका तीन वटा खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो ।

    ती आयोजनाबाट डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङका २२५ घरपरिवार, पात्लेका १२२ र लुुम्पीपारका ५३ घर परिवार लाभान्वित भएको सो वडाका अध्यक्ष मोतिप्रसाद बुढाले जानकारी दिनुभयो ।

    रु दुई करोड १४ लाखमा निर्माण गरिएका तीन वटै योजनाको आइतबार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । गाउँलेले यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमा धारा बनेपछि समयको बचत, झन्झट हट्नुका साथै घरायसी कामकाज सहज भएको पात्लेका स्थानीयवासी बलबहादुर रोकाले बताउनुभयो ।

    खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ५० देखि ६० दिनका दरले श्रमदान गरेका थिए । पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङ समेत निर्माण भएको पात्ले सिममुल खानेपानी, सरसफाई तथा स्वच्छता उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाले बताउनुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार