आइतबार, भदौ १४ गते २०८३

एनपीएलबाट क्यानलाई २७ करोड ६९ लाख आम्दानी

एनपीएलबाट क्यानलाई २७ करोड ६९ लाख आम्दानी

अखबार दैनिक
शुक्रबार, साउन १६ २०८२
  • एनपीएलबाट क्यानलाई २७ करोड ६९ लाख आम्दानी

    नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट प्राप्त गरेको आय-व्ययको विवरणको सार्वजनिक गरेको छ। बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययको विवरण सार्वजनिक गरेको हो।

    एनपीएलको पहिलो संस्करणबाट २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ आम्दानी गरेको क्यानले जानकारी दिएको छ। कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ। जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन्। राजस्व बाँडफाँडपछिको क्यानको शुद्ध नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ रहेको प्रवक्ता लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ