बिहीबार , साउन २१ गते २०८३

व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

बिहीबार , साउन २२ २०८२
  • व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

    यहाँको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहनुभएको छ । उहाँले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गर्नुभएको छ ।

    आठ वर्षअघिदेखि खुर्सानीखेती गरिरहनुभएका राईले यो वर्ष १७ हजार बोट हारहारीमा खुर्सानी रोप्नुभएको छ । “आफ्नै ठाउँमा केही गरौँ भन्ने लक्ष्यका साथ खुर्सानीखेतीमा लागेको छु”, उहाँले भन्नुभयो, “यो वर्ष २५ रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको छु ।” युवाहरुमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा आफ्नै बारीमा व्यावसायिक रुपमा कृषि कर्म गरिरहेको उहाँले बताउनुभयो ।

    व्यावसायिक योजनाका आधारमा पौवादुङमा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मल्चिङ प्लाष्टिक दिएकाले थप सहज भएको उहाँको भनाइ छ । उहाँले फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ ।

    सडकको पहुँच भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सकिने उहाँले बताउनुभयो । देउमान मात्र नभएर गाउँपालिकाका अन्य सयौँले खुर्सानी खेती गरिरहनुभएको छ ।

    किसानको व्यावसायिक योजनाका आधारमा आवश्यक सहयोग गरिरहेको पौवादुङमा गाउँपालिकाा अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाले कृषि एम्बलुेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषिउपजको बजारीकरण गरिरहेको उहाँको भनाइ छ ।

    खुर्सानीखेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई रु ७० लाख बढीको मल्चिङ प्लाष्टिकलगायतका कृषि सामग्री वितरण गरेको जनाएको छ । गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै गत वर्ष खुर्सानीबाट रु १८ करोड हाराहारीमा रकम पौवादुङ्मा भित्रिएको उहाँले जानकारी दिनुभयो ।

    यहाँको करिब ५०० हेक्टर क्षेत्रका ८०० किसानले खुर्सानीखेती गरिरहेका छन् । गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यहाँका किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै ठेकेदारमार्फत धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार