बिहीबार , साउन २१ गते २०८३

भारतमा कोरोनाबाट एकैदिन निको हुनेमा रेकर्ड, तीन दिनमा दुई लाख आठ हजार संक्रमित

भारतमा कोरोनाबाट एकैदिन निको हुनेमा रेकर्ड, तीन दिनमा दुई लाख आठ हजार संक्रमित

अखबार दैनिक
शनिबार, भदौ ६ २०७७
  • भारतमा कोरोनाबाट एकैदिन निको हुनेमा रेकर्ड, तीन दिनमा दुई लाख आठ हजार संक्रमित

    ६ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित दिनानुदिन बढिरहेका छन् । तीन दिनमा झण्डै दुई लाख आठ हजार कोरोनाका संक्रमित थपिएका छन् । 

    शुक्रबार ६९ हजार २८ जना, बिहीबार ६८ हजार ५०७ तथा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ६९ हजार १९६ जना संक्रमित थपिएका थिए । 

    त्यस्तै निको हुनेमा शुक्रबार रेकर्ड बनेको छ । शुक्रबार एकैदिन ६२ हजार ८५८ जना संक्रमितलाई निको भएको छ । यो अहिलेसम्मकै रेकर्ड हो । 

    यसअघि बिहीबार त्यो दिनसम्मको सबैभन्दा बढी ६१ हजार ८७३ जनालाई निको भएको थियो । त्यस्तै बुधबार त्यो दिनसम्मको सबैभन्दा बढी ५९ हजार ३६५ जनालाई निको भएको थियो । 

    अहिलेसम्म २९ लाख ७३ हजार ३६८ जना संक्रमित भएका छन् । सक्रिय संक्रमित ६ लाख ९६ हजार ९९ पुगेका छन् । 

    निको हुनेको संख्या २२ लाख २० हजार ७९९ पुगेको छ । 

    शुक्रबार ९५३ जनाको ज्यान गएको छ । बिहीबार ९८१ जनाको तथा बुधबार ९७९ जनाको ज्यान गएको थिथो । अहिलेसम्म ज्यान जानेको संख्या ५५ हजार ९२८ पुगेको छ । 

    सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २१ हजार ६९८, तमिलनाडुमा ६ हजार ३४०, आन्ध्रप्रदेशमा ३ हजार ९२, कर्नाटकमा ४ हजार ५२२ जनाको ज्यान गएको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार