बिहीबार , साउन २१ गते २०८३

नेपाल आईडलको फाईनल राउन्डको पर्खाईमा “किरण”

नेपाल आईडलको फाईनल राउन्डको पर्खाईमा “किरण”

मेरो जित के हुन्छ थाहा छैन, तर संगितको दुनियामा मैले जित्नेमा ढुक्क छु

images
अखबार दैनिक
शनिबार, भदौ ६ २०७७
  • नेपाल आईडलको फाईनल राउन्डको पर्खाईमा  “किरण”

    ६ भदौ, काठमाण्डौं ।  नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल'को तेश्रो संस्करण AP1HD बाट प्रसारण भइरहेको नेपाल आइडल शो गत बिहिबारको संस्करणपछि फाइनल चरणमा प्रवेश गरेको छ । भोटिङका आधारमा चितवनका केबिन ग्लान तामाङ्ग अन्तिम चरणमा बाहिरिएको उक्त संस्करणबाट फाइनलको निम्ति किरण भुजेल, सज्जा चौलागाईँ र प्रविण वेदवाल छानिएका हुन ।

    F9B05475-CF5B-46F7-AC53-F16B532DBEF0.jpeg

    नेपाल आइडलमा सशक्त प्रस्तुती दिई टप-३ (फाइनल) मा आएका किरण भुजेल एक अती नै संघर्षको घेराबाट आएका प्रतिष्पर्धी हुन । महोत्तरी जिल्लाको बर्दिबास अन्तरगत पर्ने गडन्त गाउँमा सामन्य परिवारमा जन्मेका किरण बाल्यकालबाटै संगीतमा रुचि राख्ने र गाउने गर्थे । स्कुल र गाउँमा मात्र होइन बर्दिबास भरी नै उनको चर्चा हुने गर्थ्यो । सानो उमेरबाट नै स्कुलका शिक्षकहरु साथीभाई अनि आफन्तजनले पनि राम्रो गाउँछ्स गायक बन्नु पर्छ भनेर भनेको कुरा आज पनि किरण सम्झन्छन् । २०६५ सालमा एस.एल.सि. सकेर गायक बन्ने सपना बोकी गोजिमा जम्मा ३ हजार बोकी काठमाडौ छिरेका किरण भुजेल संगीत विषय पढ्न ललितकला क्याम्पस भर्ना भई बाकीँ समय शास्त्रीय संगीतका प्रखर गुरु शिवराज पौडेलको सामिप्यमा बसेर शास्त्रीय संगीत सिक्न सुरु गरेका थिए ।

    CCBC0486-67E9-4B2F-AA55-3DFFDC999DBC.jpeg
    विधार्थी जीवनमा एक सामान्य परिवारको युवालाई अभाव र आफ्नो सपनाको सार्थकताको बिच भागमा उभिँदा कति सम्म संघर्ष र त्याग गर्नुपर्छ भन्ने कुराको ज्ञान किरणमा राम्रै छ । संगीतको आकाशमा आफुलाई चम्किलो ताराको रुपमा स्थापित गर्न संगीत सिक्ने क्रममा दिनानुदिन गाडी भाँडा तिर्ने पैसा समेत गोजीमा नहुँदा काठमाडौको गल्ली/गल्ली खाजा समेत नखाई हिँडेको कुरा आज पनि किरणको स्मृतीमा ताजा नै छ । उनले आफुलाई संगितमा अब्बल बनाउन थालेपछी काठमान्डौँको अभाव र  विधार्थी जीवनको दु:खद समय झेल्न प्राइभेट स्कुलमा संगीत विषय पढाउने र साझँ पछि होटेलहरुमा गीत गाउने काम समेत शुरू गरेका थिए । यसबिच किरणले आाफ्नै संगीत,स्वरमा थुप्रै गीतहरु सार्वजनिक गरे तर त्यसले किरणलाई सांगीतिक चिनारी खासै दिन सकेन । आफुलाई प्रमाणित गर्न संगीतकारकोमा धाए, खोजी प्रतिभाको नामक टिभी शो, नेपाल आइडलको पहिलो सिजनमा प्रतिष्पर्धा गर्दै ,भारतीय गायन प्रतियोगिताको सारेगमपा नामक शो मा नेपालबाट छनौट भएर भारत सम्म गए तर उनी कतै सफल हुन सकेनन ।

    B3A7D882-0F92-4499-892B-C8A12B3272EE.jpeg

     


    एकपटक उनले संगीत छाडेर पैसा कमाउन बिदेश पलायनको योजना बनाइसकेका थिए त्यसैबेला उ जस्तै संघर्षरत साथी प्रेम घिमिरे, दिनेश न्यौपानेहरुले उसलाई बिदेश जान रोकेका थिए । उनको अन्तिम प्रस्तुती सुन साईँली बोलको गीत उसलाई प्रवासमा रहेका लाखौँ नेपाली माँझ आफ्नै पीडा जस्तो लागेर उनले गाएको र त्यसबेला आफु भावविभोर भएको बताउँछन । टप-७ बाट कम भोट प्राप्त हुँदा यही सिजनमा एकपटक आउट भइसकेका किरण पुन: वाइल कार्ड इन्ट्रि मार्फत कार्यक्रममा प्रवेश गरेका थिए ।अहिले उनै किरणले टप -४ र ३ मा प्रवेश गर्दा सर्वाधिक भोट ल्याएका थिए । अभाव,संघर्ष र दृढ संकल्प सहितको सपनाको बिचबाट आफुलाई सम्हाल्दै ,अथक मिहेनत र प्रयासपछि आज किरण नेपाल आइडल सिजन-३ को फाइनल चरणमा छन । उनी भन्छन "मेरो जित के हुन्छ , थाहा छैन,  तर संगितको दुनियामा मैले जित्नेमा ढुक्क छु ।

    4576F51E-334B-4C80-A891-457CA493DC92.jpeg

    उनको प्रस्तुतीहरु दर्शकमाझ लोकप्रिय बनेका छन । नेपाल आइडल सिजन-३ ले आफ्नो सांगीतिक यात्रामा सुनौलो प्लेटफर्म दिएको उनी ठान्छन् । फाइनल बिजेताको लागि शुक्रबार साँझ ५ बजेसम्म भोटिङ खुलिसकेकोले आफुलाई मन पराएर भोट गर्ने महानुभावहरुप्रति धन्यबाद तथा आभारी हुँदै पुन: अघिल्लो चरणमा जस्तै अत्याधिक भोट गरि बिजेता बनाइदिनहुन किरण अनुरोध गर्छन । किरणलाई भोट गर्न NI03 टाइप गरेर 37000 मा एसएमएस वा 16667703 डायल गर्न सकिन्छ । इ-सेवा र रेस्पेक्ट एपबाट पनि भोटिङ्ग गर्न सकिनेछ ।

    भिडियो लिंक 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार