बिहीबार , साउन २१ गते २०८३

वागमति प्रदेश सरकारलाई ध्यानाकर्षणका लागि प्रेस विग्यप्तिः

वागमति प्रदेश सरकारलाई ध्यानाकर्षणका लागि प्रेस विग्यप्तिः

अखबार दैनिक
शनिबार, भदौ ६ २०७७
  • वागमति प्रदेश सरकारलाई ध्यानाकर्षणका लागि प्रेस विग्यप्तिः

    118310570_653823825341127_6000306846103157522_n.png
    प्रस्तुत विषयमा हाम्रो देश नेपाल कृषि प्रधान देश भएको र अधिकाश जन्ताहरु कृषि एवम पशुपन्छी पालनमा निर्भर रहेको कृषि र भेटेरीनरी सेवालाई संयुक्त रुपमा सेवा प्रदान गर्ने उधेश्यले २०४९ सालमा कृषि र भेटेरीनरी कार्यालयहरुलाई एकिकृत गरि कार्यालयहरुलाई एकिकृत (मर्ज) गरेर सेवा सुचारु गरिएको थियो तर कृषि र भेटेरीनरी सेवा लाई विशिष्टिकृत गर्नको लागि २०५२ साल वाट पुनः जिल्ला पशु सेवा कार्यालय र जिल्ला कृषि विकाश कार्यालय ७५ वटै जिल्लामा स्थापना गरि सेवा सूचारु भैरहेकोमा देश पुनर संरचना संगै जिल्ला पशु सेवा कार्यालय हटाएर ४७ जिल्लामा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरि सेवा प्रदान भैरहेकोमा, भेटेरीनरी सेवा लाई महामारी रोग नियन्त्रण तथा विशिष्टिकृत सेवा प्रदान गर्न नसकिरहेको समयमा सेवाको विशिष्टीकरण गर्नु पर्ने र विशेषज्ञता सहितको सेवा प्रबाह गर्नु पर्ने आजको आवश्यकता हो तसर्थ उल्टै बिगतमा प्रयोगमा आई असफल समेत भैसकेको विषयलाई वागमति प्रदेश सरकारले कृषि एवम भेटेरीनरि सेवा लाई मर्ज गरि सेवा प्रदान गर्न वागमति प्रदेश भरिका जिल्लामा संयुक्त कार्यालय राख्नको लागि कामकाज भईरहेको सुन्न आएकोले यस संघको गम्भिर ध्यानाकर्षण भएको छ उक्त कदमको घोर भत्शर्ना गर्दै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र नभएको जिल्लाहरुमा समेत कार्यालय स्थापना गरि सेवाको विशिष्टिकरण सेवा, प्रयोगशाला सहितको विशिष्टिकृत सेवा संचालन गरि कृषि तथा पशुपन्छी तथा मत्स्य पालक कृषकहरुलाई सहज रुपमा सेवा प्रदान गर्नको लागि सवै जिल्लाहरुमा प्रयोगशाला सहितको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरियोस भन्ने वागमति प्रदेश सरकार संग जोडदार माग गर्दछौ यदि हाम्रो विषयको सुनुवाई नभएमा जस्तो सुकै कदम चाल्न सकिने व्यहोरा यसै प्रेस विग्यप्ति मार्फत जानकारी गरादछौ ।
    धन्यवाद
    जय पशु धन
    जय नेल्टा
    जय नेपाल

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार