बिहीबार , साउन २१ गते २०८३

नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

यस्तो छ भित्रि कुरा

images
अखबार दैनिक
शनिबार, भदौ ६ २०७७
  • नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

    ६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  विवाद समाधानका लागि गठन भएको कार्यदलले प्रतिवेदन  आज प्रतिवेदन बुझाएको छ।

    महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  बुझाएको नेकपाका प्रचार विभाग उप प्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

    कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

    सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने बताइएको छ ।

    यही भदौ १ गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।

    नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएकामा अब सहमतितिर ठोस पहल अघि बढेको नेताहरुले बताएका छन् ।

    नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने गरी प्रतिवेदन बुझाएको छ।

    महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदलले पार्टीका कामहरूको जिम्मेवारी भने अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई दिन सुझाव दिएको छ।

    सरकार एउटा अध्यक्षले र पार्टी अर्को अध्यक्षले चलाउने भनिएको छ,' श्रोतले भन्यो, 'पार्टी काममा प्रचण्ड पूर्ण सक्रिय हुने तर प्रधानमन्त्री ओलीसँग सल्लाह गर्ने भनिएको छ। त्यस्तै प्रधानमन्त्री ओली सरकारको काममा सक्रिय रहने तर प्रचण्डसँग सल्लाह गरेर अघि बढ्ने भन्ने छ।'

    यसअघि मंसिर ४ गते पनि प्रधानमन्त्री ओली पाँचै वर्ष प्रधानमन्त्री रहने र प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने निर्णय भएको थियो।

    कार्यदलको सुझावसँगै अब प्रधानमन्त्री ओलीले राजीनामा दिने प्रसंग सकिएको छ। यसअघि प्रधानमन्त्री ओलीले आफू महाधिवेशनसम्म अध्यक्ष र अर्को निर्वाचनसम्म प्रधानमन्त्री रहने अडान राख्दै आएका थिए।

    साउन ३० गते गठन भएको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य थिए।  नेकपाभित्र अस्तित्वमा रहेका तीन समूहनिकटका नेता कार्यदलमा रहेको र सर्वसम्मतिले प्रतिवेदन बुझाएकाले नेकपाभित्रको विवाद समाधानको बाटोमा गएको देखिन्छ।

    पार्टीमा उत्पन्न समस्या, अन्तरविरोधको समाधान खोज्ने र पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने आशयबाट प्रतिवेदन बुझाइएको बताईएको छ ।

    कार्यदलले बुझाएको प्रतिवेदन दुई अध्यक्षले अध्ययन गरेर सचिवालयमा पठाउने र सचिवालयपछि स्थायी कमिटीमा लैजाने तयारी छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार