सोमबार, भदौ १७ गते २०८२

वसन्तपुरमा इन्द्रजात्राको तयारी तीव्र, मन्दिरमा पलाएका झार हटाइँदै (तस्बिरहरू)

वसन्तपुरमा इन्द्रजात्राको तयारी तीव्र, मन्दिरमा पलाएका झार हटाइँदै (तस्बिरहरू)

अखबार दैनिक
सोमबार, भदौ १७ २०८२
  • वसन्तपुरमा इन्द्रजात्राको तयारी तीव्र, मन्दिरमा पलाएका झार हटाइँदै (तस्बिरहरू)

    काठमाडौँ । भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी वसन्तपुर क्षेत्रमा धमाधम भइरहेको छ । इन्द्रजात्राको मुख्य दिनमा राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत उच्च पदस्थ व्यक्तिहरू वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ ।

    यसैका लागि हाल वसन्तपुर क्षेत्रलाई सिँगार्ने कार्य तीव्र पारिएको छ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका विभिन्न मन्दिरमा पलाएका झार सफा गर्ने, रङरोगन र सरसफाइ गर्ने काम भइरहेको छ ।

    माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डपसहितका सम्पदामा सफाइ कार्य जारी रहेको छ । यसअघि नेपाल फोटो लाइब्रेरीले विश्व सम्पदा क्षेत्रका मन्दिरहरूमा पलाएका झारबारे तस्बिरमार्फत सार्वजनिक गरेको थियो ।

    basantapur-cleaning-for-indrajatra_npl-(15)_up0TfF05PH.jpgbasantapur-cleaning-for-indrajatra_npl-(14)_MxTxWY8sA4.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार