बिहीबार , साउन २१ गते २०८३

कुलमान घिसिङको नाममा खोलिएको त्यो ‘फेक अकाउन्ट’ जसले ल्यायो यस्तो तरंग

कुलमान घिसिङको नाममा खोलिएको त्यो ‘फेक अकाउन्ट’ जसले ल्यायो यस्तो तरंग

अखबार दैनिक
बुधबार, भदौ १० २०७७
  • कुलमान घिसिङको नाममा खोलिएको त्यो ‘फेक अकाउन्ट’ जसले ल्यायो यस्तो तरंग

    १० भदौं काठमाण्डौं । मगलबार साँझ सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा दोस्रो कार्यकालका लागि सरकारले उनलाई पुन: नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालहरु रंगिए ।

    यद्यपी सो बारे कुनै निर्णय नभएको र मन्त्रिपरिषदमा प्रस्तान पनि नलगगिएको उर्जामन्त्री बर्षमान पुनले स्पष्ट पारिसकेका छन् । अधिकांश फेसबुक र ट्वीटर प्रयोगकर्ताहरुले उनलाई बधाई र शुभकामना दिन हतारिनुकोपछि उनको नाममा खोलिएको एक फेक ट्वीटर अकाउन्ट पाईएको छ ।

    उक्त अकाउन्टबाट एक ट्वीट मार्फत् भनिएको छ ,”आजको मन्त्रीपरिषद बैठकले आगामि कार्यकालको लागि तपाइको आफ्नै कुलमान घिसिङ लाइ पुनस् नेपाल बिद्धुत प्राधिकरणको कार्यकारी निर्देशक मा नियुक्त गरेको छ। अबको कार्यकाल बिद्धुत बिस्तार र स्वदेशमै खपत वृद्धि गर्नेमा केन्द्रित गर्न यहाँहरुको मायाले हौसला दिनेछ।”

    यस्तो ट्वीटपछि सामाजिक सञ्जाल एकाएक रंगियो । कुलमान नेपालीका एक त्यस्ता प्रिय पात्र हुन् जसले दैनिक १८ घण्टा लामो कहालिपूर्ण लोडसेडिङको अन्त्य गरिदिएका छन् । उज्यालो नेपालका अभियन्ता घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।
    सर्वसाधारणलाई उनको बहिर्गमनपछि फेरि अन्धकारमा बस्नु पर्ने पो हो की भन्ने आशंका उब्जिएकाले पनि उनी यती धेरै चर्चाका पात्र बनेका हुन् । लामो समय घाटामा रहेको बिद्युत प्राधिकरणलाई उनी आएदेखि निरन्तर नाफाको बाटोमा पुर्याए । लामो समय लोडसेडिङको समस्या संग जुधिरहेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपालमा परिणत गरेका थिए ।

    घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुनः कार्यकालको अवधि थप्न माग गर्दै समाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाई रहेका छन् । यतिबेला सामाजिक सञ्जालमा कुलमानको पुन: नियुक्तको खबरले
    भने  नक्कली अकाउन्टबाटै भएपनि खुशी तुल्याएको छ ।

    हेर्नुहोस् यो स्ट्याटससहित….

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार