नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी भएको छ । क्यान प्रवक्ता छुम्बी लामाले एनपीएल तोकिएकै समयमा हुने जानकारी दिए ।
‘पछिल्लो अवस्था पछि क्यानले फ्रेन्चाइजहरुसँग पनि एक चरण छलफल गरिसकेको छ । त्यसमा यसअघि तोकिएकै मितिमा एनपीएल गर्ने सहमति भएको छ’ उनले भने ।एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु गर्ने गरी क्यानले मिति तोकिसकेको छ ।