बिहीबार , साउन २१ गते २०८३

अनमोल स्टारर ‘जेरी अन टप’ गीत वर्ल्ड प्रिमियर, अनमोलसँग रोमान्टिक आँचल (भिडियो)

अनमोल स्टारर ‘जेरी अन टप’ गीत वर्ल्ड प्रिमियर, अनमोलसँग रोमान्टिक आँचल (भिडियो)

अखबार दैनिक
सोमबार, असोज ६ २०८२
  • अनमोल स्टारर ‘जेरी अन टप’ गीत वर्ल्ड प्रिमियर, अनमोलसँग रोमान्टिक आँचल (भिडियो)

    यहि असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘जेरी अन टप’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । बडा दशैंको घटस्थापनाको अबसरमा निर्माण ब्यानर अनन्या फिल्मस्’ले सोमबार ‘कस्तूरी’ बोलको गीत युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।

    बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यहरू भिडियोमा कैद गरिएको छ । उच्च मेकिङ र कलरफूल देखिने भिडियोमा कोरियोग्राफी किरण थापाको छ ।

    थापाले अनमोल र आँचललाई रोमान्टिक ‘लभ वर्ड’को रूपमा चित्रित गराएका छन् । गीतका शब्द र भिडियोमा समावेश दृश्यहरू प्रेमिल छन् । अनमोल र आँचलको केमिस्ट्रि आकर्षक देखिन्छ ।

    आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीत संगीतकार जयन जे वाइबाले तयार गरेका हुन् । वाइबाकै शब्द र साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।

    सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी प्रमुख अभिनयमा छन् । अभिनेत्री सुरक्षा पन्तले यो फिल्ममा एक विशेष भुमिका निभाएकी छन् ।

    सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको हो ।

    अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ ।

    यो फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् । फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार