बिहीबार , साउन २१ गते २०८३

भदौ मसान्तसम्म आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा रोक

भदौ मसान्तसम्म आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा रोक

अखबार दैनिक
सोमबार, भदौ १५ २०७७
  • भदौ मसान्तसम्म आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा रोक

    १४ भदौं काठमाडौं : सरकारले  आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालमा रोक लगाएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले  आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा भदाैभर रोक लगाएको हो। यसअघि १५ गते सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको एक मन्त्रीले जानकारी दिए ।

    कोरोना संक्रमण बढ्दै जाँदा सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा गरेको छ। काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा रहेको छ। नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुग्दा ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ।
    ति मन्त्रीका अनुसार कोरोना संक्रमण बढ्दै जाँदा  आन्तरिक उडान र लामो दूरीको यातायात खोल्ने अवस्था नबनेपछि भदौभर सञ्चालनमा रोक लगाउने निर्णय भएको हो। 

    त्यसैगरी, सरकारले उदयबहादुर रानामगरलाई हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गरेको छ भने नवराज ढकाललाई ल्हासाका लागि  महावाणिज्यदूत नियुक्त गरेको छ।  

    कोरोना संक्रमणको दर बढ्दै जाँदा सरकारले निषेधाज्ञालाई कोरोना नियन्त्रणको अस्त्र बनाएको छ । आइतबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाउने र लक्षण देखिएका व्यक्तिको मात्र सरकारले निःशुल्क परीक्षण गर्ने निर्णय गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार