शुक्रबार, साउन २२ गते २०८३

तुईन खोलाको पहिरो हटाउन भोलीसम्म लाग्ने

तुईन खोलाको पहिरो हटाउन भोलीसम्म लाग्ने

अखबार दैनिक
बुधबार, असोज ८ २०८२
  • तुईन खोलाको पहिरो हटाउन भोलीसम्म लाग्ने

    काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोला नजिकको पहिरो भोली सम्म मात्र हटाउन सकिने भएको छ ।सडक डिभिजन कार्यालय भरतपुरले सडकमा थुप्रिएको पहिरोको परिमाण १२ हजारदेखि १४ हजार घनमिटर रहेको आँकलन गरिएकोले सो हटाउन भोली दिउसोसम्म लाग्न सक्ने जानकारी दिएको हो । 

    पहिरोको तस्विरहरुरु हेर्दा माथिबाट अब थप ठुलो पहिरोको सम्भावना कम रहेको भएतापनि झर्न बाँकी रहेका ढुंगाहरू पूर्णरुपमा तल नझरिसकेको हुँदा अझै सानोतिनो ढुंगाहरू झर्न सक्ने सम्भावना देखिएको छ । हाल बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो हटाउने कार्य जारी रहेको कार्यालयले जनाएको छ । 

    साथै सडक डिभिजनले पहिरो सफा गर्ने कार्यको लागि कुरिनटार तथा भरतपुरबाट ईन्धन लगायत अन्य आवश्यक उपकरणहरु बोकी सडक विभागका गाडीहरु आवतजावत हुने हुँदा सो को सहजिकरणको लागि लेन अनुशासन अनिवार्य रुपमा कायम गरिदिन अनुरोध गरेको छ  ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार