शुक्रबार, साउन २२ गते २०८३

दसैँमा काठमाडौँको फोहोर सङ्कलन नहुने

दसैँमा काठमाडौँको फोहोर सङ्कलन नहुने

अखबार दैनिक
बुधबार, असोज ८ २०८२
  • दसैँमा काठमाडौँको फोहोर सङ्कलन नहुने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दसैँमा फोहोर सङ्कलन नगर्ने भएको छ । नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरू समेत आफ्नो घर जाने तथा अन्तिम विसर्जन स्थलसमेत बन्द रहने भएकाले काठमाडौँ महानगरपालिकाले असोज १४, १५ र १६ गते (अक्टोबर १, २ र ३) फोहोरमैला सङ्कलन नहुने जानकारी गराएको हो ।

    महानगरपालिकाले एक सूचना जारी गर्दै उक्त तीन दिन नागरिकहरूलाई आफ्नो घरबाट उत्सर्जन हुने फोहोरमैलालाई स्रोतमै पृथकीकरण गरी सुरक्षित तवरले राख्न विशेष आग्रह गरेको छ । 

    यस अवधिमा जथाभावी सडकमा वा सार्वजनिक स्थानहरूमा फोहोर नफाल्न समेत महानगरले अनुरोध गरेको छ ।असोज १७ गते (अक्टोबर ४) बाट भने नियमित रूपमा फोहोरमैला सङ्कलन गरिने छ ।

    p_PajgrrTNXT.png

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार