शुक्रबार, साउन २२ गते २०८३

दसैँ घर र पूजा कोठामा आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

दसैँ घर र पूजा कोठामा आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

अखबार दैनिक
शुक्रबार, असोज १० २०८२
  • दसैँ घर र पूजा कोठामा आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

    नवरात्र सुरु भएको आज पाँचौँ दिन भए पनि चौथो दिनको दसैँ घर वा पूजा कोठामा चौथो दिनकै कर्म दोहोर्याउनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    असोज ९ गते रातदिन(अहोरात्र) नै चौथी तिथि थियो । आज बिहान ०६ः३९ बजेसम्म चौथी तिथि थियो । बिहान ०५ः५४ बजे सूर्योदय भएकाले आज पनि चौथीकै दिनको कर्म दसैँ घर वा पूजा कोठामा गर्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

    यसवर्ष चौथी तिथि वृद्धि भएकाले दुई दिनसम्म कुष्माण्डा देवीको आह्वान गरी पूजा आराधना गर्नुपर्ने उहाँले बताउनुभयो । यस वर्षको नवरात्र असोज ६ गते सोमबारदेखि सुरु भएको हो । त्यस दिन दसैँ घर वा पूजा कोठामा शैलपुत्री देवीको पूजा आराधना गरिएको थियो । असोज ७ गते मङ्गलबार दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको थियो । तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको थियो । चौथो दिन असोज ९ गते र पाँचौँ दिन असोज १० गते आज पनि कुष्माण्डा देवीको पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा आराधना गरेमा मनोकामना पूरा हुने, विद्या, धन र शक्ति प्राप्त हुने शास्त्रीय मान्यता छ । रासस

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार