शुक्रबार, साउन २२ गते २०८३

प्रधान सेनापति ट्रफि-२०८२ सम्पन्‍न

प्रधान सेनापति ट्रफि-२०८२ सम्पन्‍न

अखबार दैनिक
शुक्रबार, असोज १० २०८२
  • प्रधान सेनापति ट्रफि-२०८२ सम्पन्‍न

    काठमाडौं ।  मिति २०८२ भाद्र १७ गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफि-२०८२ खेलकुद प्रतियोगिता आज मिति २०८२ आश्‍विन १० गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यतामा समापन भएको छ । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू समावेश गरिएको उक्त प्रतियोगितामा जम्मा १४ वटा टिमहरू सहभागी थिए ।

    5.JPG

    उक्त प्रतियोगितामा उपत्यका पृतना प्रथम र श्री नं. १६ बाहिनी अड्डा द्वितीय भएका छन्। यसैगरी गणतर्फ पुरानो गोरख गण प्रथम र श्री जगदल गण द्वितीय भएका छन् । विजयी टिमहरुलाई प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरु, राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव, बलाध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशकहरुले ट्रफि, प्रमाण-पत्र तथा नगद पुरस्कार प्रदान गर्नुका साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पुरस्कृत गर्नु भएको थियो ।

    2 (1).JPG

    समारोहमा पूर्व प्रधान सेनापतिहरू, अन्य सुरक्षा निकायका प्रमुख, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, राष्ट्रिय खेलकुद परिषद् तथा विभिन्‍न खेलकुद सङ्घका पदाधिकारीहरु, सैनिक श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरू, सैनिक सहचारीहरू एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

    2 (1).JPG

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार