शुक्रबार, साउन २२ गते २०८३

भद्रकाली मन्दिरको पुनःनिर्माण गर्न रु आठ लाख सङ्कलन

भद्रकाली मन्दिरको पुनःनिर्माण गर्न रु आठ लाख सङ्कलन

अखबार दैनिक
सोमबार, असोज २० २०८२
  • भद्रकाली मन्दिरको पुनःनिर्माण गर्न रु आठ लाख सङ्कलन

    पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल भद्रकाली मन्दिरको पुनःनिर्माणका लागि दसैँको अवसरमा रु आठ लाख भन्दाबढी सहयोग सङ्कलन भएको छ । दसैँको घटस्थापनायता मन्दिरमा पूजाआजाका लागि आएका दर्शनार्थीबाट मन्दिरको पुनःनिर्माणका लागि रु आठ लाख तीन हजार सहयोग सङ्कलन भएको श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका कार्यालय सचिव सूर्यप्रसाद अधिकारीले जानकारी दिनुुभयो ।
    विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोर्खा भूकम्प र त्यसपछिका परकम्पनले क्षति पुगेको उक्त मन्दिरको यस अघि सामान्य मर्मत मात्रै भए पनि पुनःनिर्माण हुन सकेको छैन ।  दुईवर्ष वर्ष पुरानो मन्दिर क्षतिग्रस्त बनेपछि समितिले यसको पुनःनिर्माणका लागि विस्तृत गुरुयोजना तयार गरी अघि बढेको समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठले जानकारी दिनुुभयो ।

    उहाँका अनुुसार मन्दिरसहित परिसर क्षेत्रका विभिन्न संरचना पुनःनिर्माणका लागि रु १० करोड अनुुमान गरिएको छ । यसबीचमा मन्दिरको प्रदक्षिणापथ, धर्मशाला लगायतका निर्माणकार्य अघि बढेको उहाँले जानकारी दिनुुभयो ।

    उहाँका अनुसार मन्दिरको पुनःनिर्माणका लागि पित्तलको छाना राख्ने की भन्ने योजना भए पनि पुरातत्व विभागबाट ढुङ्गाको छाना राख्नुपर्ने कुरा आएको छ । समितिले मन्दिरको स्वामित्वमा रहेको जग्गा संरक्षणका योजना अघि बढाएको छ । मन्दिर स्थापनाको इतिहास खोतल्दा विसं १९०१ मा रामचन्द्र खत्रीले गणेश मन्दिरको स्थापना गर्नुभएको र विसं १९०३ मा गुठीको लालमोहर प्राप्त गरी मन्दिरको नित्य पूजाआजा गर्ने गरिएको पाइन्छ ।

    मन्दिर परिसरमा राखिएको अभिलेखमा स्व बुद्धिमान ढेवाजु तथा कालीदास ढेवाजुले भद्रकाली माताको प्रतिमा काठमाडौँबाट ल्याई मन्दिरको निर्माण गरी नित्य पूजाआजा सञ्चालन गराउनुभएको उल्लेख छ ।
     वरपर जङुगलले घेरिएको ढिस्को र माथि मन्दिर रहेका कारण दर्शन र वरपरको दृश्यावलोकन गर्न पनि पर्यटक भद्रकाली मन्दिर आउने गरेका छन् ।

    वरपर जङ्गलले घेरिएको ढिस्को भएका कारण मन्दिरमा पुग्न फेदीबाट दुई बाटो रहेकामा पूर्वी भागबाट २९२ सिँढी उक्लनुपर्छ भने दक्षिण भागबाट २६५ सिँढी उक्लनुपर्छ । प्रत्येक वर्षको आश्विन शुक्लपक्ष र चैत शुक्लपक्षका साथै बाला चतुर्दशीमा मन्दिर परिसरमा विशेष मेला लाग्ने गरेको मन्दिरका पुजारी कृष्ण काफ्लेले जानकारी दिनुुभयो ।दसैँको घटस्थापनादेखि नै यस अवधिभर दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थीले मन्दिरको दर्शन गररेको उहाँले बताउनुुभयो ।  रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार