शुक्रबार, साउन २२ गते २०८३

स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु

स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु

अखबार दैनिक
बुधबार, असोज २२ २०८२
  • स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु

    रसुवा । यही असोज १८ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त यहाँको स्याफ्रु–रसुवागढी सडकखण्ड मर्मत सुरु गरिएको छ ।  सडक मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको स्काभेटर र सडक विभागको डोजर प्रयोग गरिएको छ । 

    याङयाङदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडकको २० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ । सडक विभाग र गाउँपालिकाले संयुक्त रुपमा मर्मत सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजना प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।

    मर्मत खर्च आआफ्नै निकायले व्यहोर्ने गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ । गत असार र साउनमा उक्त राजमार्ग बाढीपहिरोले क्षतिग्रस्त बनाएपछि हालै मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । पुनः तेस्रो पटक पनि बाढीपहिरोले अवरूद्व भएको हो ।

    ल्हेन्दे खोलाको मितेरी पुल निर्माण धमाधम भइरहेको छ । तिहारसम्म बेलिब्रिज तयार हुने अनुमान गरिएको छ । गत असार २४ गतेको बाढीले मितेरी पुल बगाएपछि दुई देशबीचको नाका बन्द भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार