बिहीबार , साउन २१ गते २०८३

म्यानमारमा बौद्ध महोत्सवमा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

म्यानमारमा बौद्ध महोत्सवमा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

अखबार दैनिक
बुधबार, असोज २२ २०८२
  • म्यानमारमा बौद्ध महोत्सवमा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

    एजेन्सी । मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा मानिसहरूमाथि भएको प्यारामोटर आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।

    सोमबार साँझ चाउङ-यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा लगभग १०० जना सहभागी भएको पिपुल्स डिफेन्स फोर्सका एक स्थानीय अधिकारीले बताए।

    यो पर्व बौद्ध परम्परासँग जोडिएको छ। अधिकारीका अनुसार मोटराइज्ड प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम खसालिएको थियो। यस उत्सवमा जुन्टाको नीतिको विरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको थियो।

    सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार अहिलेसम्म द्वन्द्वमा पाँच हजारभन्दा बढी नागरिक मारिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार