काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को गेटअगाडि केही युवाले शान्तिपूर्ण धर्ना दिएका छन् । नेपाली फुटबलमा केही वर्षयता देखिएका बेथितिविरुद्ध युवाहरूको एक समूहले धर्ना दिएको हो ।
फुटबल विकासको मेरुदण्ड मानिने शीर्ष डिभिजन लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजिम्मेवारीविरुद्ध आज फुटबलका स्वतन्त्र समर्थकले धर्ना दिएका हुन् ।