शुक्रबार, साउन २२ गते २०८३

मित्रराष्ट्र बेलायतमा सञ्चालन भएको Exercise Cambrian Patrol 2025 मा नेपाली सेनालाई स्वर्ण पदक

मित्रराष्ट्र बेलायतमा सञ्चालन भएको Exercise Cambrian Patrol 2025 मा नेपाली सेनालाई स्वर्ण पदक

अखबार दैनिक
आइतबार, असोज २६ २०८२
  • मित्रराष्ट्र बेलायतमा सञ्चालन भएको Exercise Cambrian Patrol 2025 मा नेपाली सेनालाई स्वर्ण पदक

    मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा मिति २०८२ आश्विन २३ गतेबाट आश्विन २५ गतेसम्म सञ्चालन भएको "Exercise Cambrian Patrol 2025" मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्क सहित स्वर्ण पदक प्राप्त गरेको छ ।उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायत सहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आइरहेको छ ।

    दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ । यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो ।

    4.jpeg3.jpeg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार