आइतबार, भदौ १४ गते २०८३

एन्फा पुरुष फुटसल प्रतियोगिताका लागि क्लब दर्ता खुला

एन्फा पुरुष फुटसल प्रतियोगिताका लागि क्लब दर्ता खुला

अखबार दैनिक
बिहीबार , असोज ३० २०८२
  • एन्फा पुरुष फुटसल प्रतियोगिताका लागि क्लब दर्ता खुला

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउँदो मंसिर ७ गतेदेखि सुरु हुने एन्फा पुरुष फुटसल प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबहरूलाई दर्ता गर्न आग्रह गरेको छ।

    संघले बिहीबार एक सूचना प्रकाशित गरेर क्लबहरूले दर्ताका क्रममा नेपाल सरकारको कुनै निकायमा दर्ता भएको प्रमाणपत्र, प्यान नम्बरको प्रतिलिपि, क्लबको बैंक खाता नम्बर, माइन्युटको प्रतिलिपि र आर्थिक वर्ष २०८१/८२ सम्मको नविकरण प्रमाणपत्र पेश गर्नुपर्ने उल्लेख गरेको छ।

    साथै, टिम दर्ता शुल्क रु. २० हजार तोकिएको छ । दर्ताको अन्तिम मिति कार्तिक २३ गतेसम्म तोकिएको छ।प्रतियोगिताको खेल प्रणाली टिमहरूको सहभागिताको संख्याका आधारमा निर्धारण गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ