शुक्रबार, साउन २२ गते २०८३

भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजेः कुन देशमा कुन साइतमा टीका लगाउने ?

भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजेः कुन देशमा कुन साइतमा टीका लगाउने ?

अखबार दैनिक
शुक्रबार, असोज ३१ २०८२
  • भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजेः कुन देशमा कुन साइतमा टीका लगाउने ?

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौंमा भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाइएको छ ।

    भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई, कतारलगायत देशमा स्थानीय समयअनुसार ११ देखि १२ बजेसम्म टीका लगाउने शुभ समय निर्धारण गरिएको सभापति भट्टराईले जानकारी दिए । समितिले उक्त साइतलाई सबैभन्दा उपयुक्त समय मानेर सो समयमा टीका लगाउन सिफारिस गर्दै आफ्नो स्थानअनुसार अनुकूल समयमा पनि टीका लगाउन सकिने सदस्य सचिव पन्थीले बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार