शनिबार, साउन २३ गते २०८३

काठमाडौं जिल्ला अदालतलाई नागरिक उड्डयन प्राधिकरणको भवन दिइने

काठमाडौं जिल्ला अदालतलाई नागरिक उड्डयन प्राधिकरणको भवन दिइने

अखबार दैनिक
आइतबार, कात्तिक २ २०८२
  • काठमाडौं जिल्ला अदालतलाई नागरिक उड्डयन प्राधिकरणको भवन दिइने

    बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयको एनेक्स भवन काठमाडौँ जिल्ला अदालतलाई दिने निर्णय भएको छ।प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रदीप अधिकारीले बताए । सञ्चालक समितिको असोज ३० गते बसेको बैठकको निर्णयमा अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेकी छिन्। योसँगै अब अदालतसँग वार्ता र सम्झौता गर्न ढोका खुलेको छ।

    ‘२०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालतको भवनमा क्षति हुन गई कार्य सञ्चालनमा बाधा पुगेको। सम्मानित सर्वोच्च अदालत एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत उक्त भवन जिल्ला अदालत काठमाडौँलाई तत्काल उपलब्ध गराई सेवा सञ्चालनमा सहजीकरण गर्न प्राधिकरणलाई अनुरोध भई आएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्मका लागि बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वतर्फको ब्लक बी भवन दुई पक्ष (काठमाडौँ जिल्ला अदालत र प्राधिकरण)बिच आवश्यक सम्झौता गरी काठमाडौँ जिल्ला अदालतका सेवा सञ्चालन गर्न दिने।’ निर्णयमा लेखिएको छ ।काठमाडौँ जिल्ला अदालत र सँगै रहेको प्राधिकरणको मूल भवन आगजनीका कारण क्षतिग्रस्त छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार