बिहीबार , साउन २१ गते २०८३

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

अखबार दैनिक
मंगलबार, भदौ २३ २०७७
  • गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

    कास्की, २३ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ६१२ पुगेको छ। आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।

    थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ६ जना छन्। नवलपरासीका सबै संक्रमितलाई आइसोलेसन केन्द्र लगिसकिएको र कास्कीका संक्रमितलाई आइसोलेसन केन्द्र लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ।

    निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५२५ जनाको पीसीआरको नमूना संकलन गरी परीक्षण गरिएको थियो। ती मध्ये संक्रमितको संख्या हजार ६१२ छ भने ४९ हजार ९१३ जनामा संक्रमण देखिएको छैन।

    त्यस्तै सक्रिय संक्रमितको संख्या ८०७, निको हुनेको संख्या एक हजार ७८५ रहेको र २० जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता समेत रहेका डा. शर्माले बताए।

     

     

     

    11111.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार