शुक्रबार, कात्तिक १६ गते २०८२

फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
शुक्रबार, कात्तिक १६ २०८२
  • फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन सुनको मूल्य घटेपनि शुक्रबार पेरि मूल्य बढेको हो । जसअनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो। 

    यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार